मधेश प्रदेश सरकारमा रौतहटका नागेन्द्र यादव राज्य मन्त्रीमा नियुक्त

रबिन्द्र प्रजापति, माघ २३ गते रौतहट ।
मधेश प्रदेश सरकारमा रौतहट निवासी नागेन्द्र यादव राज्य मन्त्री बनेका छन। नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिदा यादव थपिएको हुन । उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नेकपा एसका नागेन्द्र राय यादवलाई मुख्यन्त्री लालबाबु राउले नियुक्त गरेका हुन् । उनलाई आजै बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन्। यो संगै अब मधेश सरकारको मन्त्री मण्डल १४ सदस्य भएको छ । मुख्यमन्त्रीसहित १० मन्त्री र ४ जना राज्यमन्त्री रहेका छन् ।

16 Push 077 final